संविधान दिवस भब्य रुपमा मनाउने सरकारकाे तयारी



प्रकाशित मिति : Aug 21, 2019

सरकारले संविधान दिवस तथा राष्ट्रिय दिवस भव्य र व्यापकरुपमा मनाउने भन्दै तयारी सुरु गरेको छ ।

संविधान दिवस तथा राष्ट्रिय दिवस मूल समारोह समितिको बुधबार सिंहदरबारमा बसेको बैठकमा सिमिति वर्ग र क्षेत्र विशेषमा मात्रै नभई सबैको सहभागीताका साथ दिवस मनाउने बारे छलफल भएको हो । बैठकमा असोज ३ गते संविधान दिवस मनाउनका लागि तय भएका कार्यक्रमबारे जानकारी गराउदै गृह सचिव प्रेमकुमार राईले सबैको सक्रिय सहभागीताका लागि आग्रह गर्नुभयो ।

असोज २ गते उपत्यका भित्रका सबै सरकारी कार्यालय, महानगरपालिका नगरपालिकाहरुले आ–आफ्नो क्षेत्रमा राष्ट्रिय झण्डा एवं व्यानर सजाई नगर सजाउने, आम नागरिकले घरघरमा सरसफाई गरि साँझ दिपावली गर्ने, राष्ट्रिय झण्डा रिले दौड तथा क्रिकेट खेलको आयोजना गर्ने, नेपालको संविधानका केन्द्रीत भएर संचार माध्यममा बहस चलाउने लगायत कार्यक्रम तय गरिएको छ ।


प्रतिक्रिया दिनुहोस्

Copyright © 2018 All rights reserved by NBC.
Designed by appharu.com