सिन्धुलीको सुनकोशीमा विद्युत ट्रान्सर्फमर चोरी



प्रकाशित मिति : Aug 21, 2019
  • राजन परियार

सिन्धुली ४, भाद्र । सिन्धुलीको सुनकोशी गाउँपालिका–३, रातमाटामा विद्युत प्राधिकरण वितरण केन्द्रको गुट बजार केन्द्रबाट एक सय केभिको ट्रान्सर्फमर चोरी भएको छ ।

ट्रान्सर्फमर भित्र रहेको करीब १ सय २० केजि क्वाईल (तामाको तार) निकालेर लगिएको र अन्य काम नलाग्ने सामानहरु त्यतिकै छोडिएको अवस्थामा फेला परेको बिद्युत प्राधिकरण वितरण केन्द्र सिन्धुलीका प्रमुख खिलनाथ अर्यालले वताए ।

त्यस क्षेत्रमा स्थानियले सिंचाईको लागी प्रयोग गर्दै आएको ट्रान्सर्फमर चोरी भएको हो । ट्रान्सर्फमर चोरी कस्ले गरेको हो जिल्ला प्रहरी कार्यालयसँगको सहकार्यमा त्यसको खोजीकार्य भैरहेको अर्यालले वताए ।

यसैविच गएराती नै रामेछापको भलुवाजोरमा पनी ट्रान्सर्फमर चोरी भएको छ । ट्रान्सर्फमर चोरीका कारण करिव तीन सय परिवार समस्यामा परेको अर्यालले वताए ।


प्रतिक्रिया दिनुहोस्

Copyright © 2018 All rights reserved by NBC.
Designed by appharu.com