केहीले मरिहालोस् भनेका छन् तर अझै म १५ वर्ष बाँच्छु : प्रधानमन्त्री ओली



प्रकाशित मिति : Aug 21, 2019

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आफू अझै १५ वर्ष बाँच्ने बताउनु भएको छ । संविधान दिवसको पूर्वसन्ध्यामा गृहमन्त्रलयाले बुधबार आयोजना गरको कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले आफू झै १५ वर्ष बाच्ने बताउनु भएको हो ।

उहाँले आफूलाई कसैले मरिहालोस् भन्ने चाहेको पनि बताउनु भयो । उहाँले भन्नुभयो, ‘केहीले मरिहालोस् भनेका छन् तर अझै म १५ वर्ष बाँच्छु ।’

आफू भोलि (बिहीबार) सिंगापुर जान लागेको बताउँदै प्रधानमन्त्री ओलीले भन्नुभयाे, ‘म भोलि सिंगापुर जाँदैछु। केही मान्छेले यो मरिहालोस् भनेका छन् । तर म अहिले मर्दिनँ । अर्को चुनावमा आफ्नो अस्तित्व रक्षाका लागि तयार भएर बसे हुन्छ ।’

भोलि उपचारको लागि सिङ्गापुर जान लागे भए पनि आफू बिरामी नभएको बताउनुभयो । उहाँले भन्नुभयो, ‘म उपचारका लागि जान लागेको हो । तर अहिले म बिरामी होइन, १५ वर्षअघि बिरामी भएको हुँ।’

यसअघि प्रधानमन्त्री ओली साउन १८ गते सिङ्गापुरस्थित नेशनल युनिर्भसिटी अस्पतालमा स्वास्थ्य परीक्षण गराई साउन २७ गते स्वदेश फर्कनुभएको थियो ।

प्रधानमन्त्री ओलीले १२ वर्षअघि मिर्गौलाको प्रत्यारोपण गर्नुभएकाे थियाे । ०६४ साउनमा दिल्लीस्थित एपोलो अस्पतालमा प्रधानमन्त्री ओलीको मिर्गौला प्रत्यारोपण गरिएको थियो ।

उक्त मिर्गौलाको काम गर्ने क्षमतामा ह्रास आएपछि प्रधानमन्त्री ओली उपचारका लागि पुनः सिंगापुर जाँदैहुनुहन्छ ।


प्रतिक्रिया दिनुहोस्

Copyright © 2018 All rights reserved by NBC.
Designed by appharu.com