३ भाद्र २०७६, मंगलवार
  • रोशन दानी

काठमाडौं । मालपोत कार्यालय मनमैजुमा कार्यरत कार्यालय सहयोगी र सेवाग्राही घुस लेनदेन गर्दा गर्दै पक्राउ परेका छन् । मालपोत कार्यालय मनमैजुमा कार्यरत कार्यालय सहयोगी बर्ष ४५ को कान्छा भण्डारी र घुस दिने बिष्णु बुढालिनकण्ठ नगरपालिका ४ बस्ने बर्ष ३८ को ईश्वर केसीलाई नगद सहित पक्राउ गरिएको हो ।

कार्यालय सहयोगी भण्डारी र कार्कीलाई घुस लेनदेन गर्दा गर्दै रङ्गेहात अख्तियार दुरुपयोग अनुसन्धान आयोगको विशेष टोलीले रंगेहात पक्राउ गरेको छ ।

जग्गा रोक्का गर्ने गरिदिन कार्की संग कास भण्डारीले रकम माग गरेको र काम गरिदिन भनी सेवाग्राही कार्कीले ३५ हजार रुपैयाँ लेनदेन गर्दै गर्दा उनिहरूलाई नियन्त्रणमा लिएको छ । अख्तियारको टोलीले विशेष सुचनाको आधारमा कार्यालय परिसरबाटै पक्राउ गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्
LIVE TV