
- भगिश्वर लिम्वु,
तेह्रथुम, ३ भदौ । पत्रकार रवि लामिछानेको समर्थकहरुले आज तेह्रथुमको म्याङलुङ बजारमा एक कार्यक्रमको आयोजना गरि रिहाईको माग गरेका छन् ।
टिभी जर्नलिष्ट लामिछानेका समर्थकहरुले विना सर्त रिहाई गर्नुपर्ने माग राख्दै बजार परिक्रमा गरेका हुन् । म्याङलुङको लोकतान्त्रिक चोकदेखि सुरु भएको ¥याली बसपार्क, पुलती बजार, टुडिखेल पुगेर रेडक्रस चोकमा कोषसभामा परिर्णत भएको थियो ।
कोषसभालाई समाजसेवि डिल्ली रेग्मी, युवा विद्यार्थी मेघराज थापा, महिला नेत्री पुष्पलता शाक्य, उघमी भिम विक लगायतले पत्रकार लामिछानेलाई विना सर्त छाडिनुपर्ने माग राखेका थिए ।