३ भाद्र २०७६, मंगलवार
  • विनय तिम्सिना,

इलाम, ३ भदौ । न्युज २४ टेलिभिजनको ‘सीधाकुरा जनतासँग’ कार्यक्रम सञ्चालक रवि लामिछानेको समर्थनमा आजबाट इलाममा प्रदर्शन सुरु भएको छ । पत्रकार शालिकराम पुडासौनीको आत्माहत्या प्रकरणमा सञ्चारकर्मी लामिछाने र युवराज कँडेललाई प्रहरी हिरासतमा लिइएको विरोधमा इलाम सदरमुकाममा स्वस्फूर्त रुपमा युवाहरुले -याली निकालेका हुन् ।

स्वतन्त्र युवा समूह इलामको संयोजनमा -यालीमा सहभागी सर्वसाधरणले पत्रकार रवि लामिछानेलाई विभिन्न बहानामा फसाउने कार्य भएको भन्दै सम्बन्धित निकायको ध्यानार्कषण गरेका थिए । सहभागीहरुले पत्रकार लामिछाने दोषी नरहेको विश्वास व्यक्त गरे । उनीहरुले पत्रकार शालिकराम पुडासैनीको आत्महत्यालाई निश्पक्ष छानबिन गरिनु पर्ने समेत माग गरेका छन् ।

¥यालीमा सहभागीले ‘राष्ट्रका सपुत रवि लामिछानेको साथमा हामी छौँ’ रविलाई चाडो रिया गर लगायतका नारा लगएका थिए । इलामको ठूलो टुँडिखेलबाट सुरु भएको ¥याली चोक बजारमा आएर कोणसभामा परिणत भएको थियो । सहभागीले बुधवार दिनको १२ बजे पनि वृहत -याली तथा कोणसभा गरिने कार्यक्रम तय गरेका छन् ।

न्युज २४ टेलिभिजनबाट प्रशारण हुने चर्चित कार्यक्रम सीधाकुरा जनतासँगका प्रस्तोता रवि लामिछाने उनका सहकर्मी युवराज कँडेलसहित ३ जनालाई चितवन प्रहरीले गत बिहीवार पत्रकार शालिकराम पुडासैनीको आत्महत्या प्रकरणमा नियन्त्रणमा लिएको थियो ।

प्रतिक्रिया दिनुहोस्
LIVE TV