तराई मुक्ती मोर्चाका सहनी पक्राउ



प्रकाशित मिति : Aug 20, 2019
  • मनोज साह

रौतहट ३ भदौ । प्रहरीले तराई मुक्ती मोर्चाका एक जना हतियारधारीलाई पक्राउ गरेको छ ।

जिल्ला प्रहरी कार्यालय रौतहटको टोलीले झाँझ पुलबाट गरुडा नगरपालिका वडा नं. २ बस्ने ४२ बर्षकोे राम एकवाल सहनीलाई पक्राउ गरेको हो । हातहतियार खरखजाना मुद्धामा फरार रहेका सहनीलाई प्रहरीले पक्राउ गरी आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।

२०६७ सालमा सर्लाहीमा प्रहरी टोली र भूमिगत तराई मुक्ती मोर्चा हतियारधारी समुह बिच जम्का भेट हुँदा गोली हानी ५४ एमएमको चाईनिज पेस्तोल लुटेर हतियारधारी समुह फरार भएका थिए । कर्तव्य ज्यान मुद्दाका फरार रहेका अभियुक्तहरुलाई दुर्गा भगवती गाउँपालिका वडा नं. २ स्थितबाट तराई मुक्ती मोर्चाका ५ जना मध्येबाट २ जनाको साथबाट कटुवा पेस्तोल एक थान, गोली एक थान, खोका दुई थान फेला पारि प्रहरीले नियन्त्रणमा लिएको थियो ।

हातहतियार खरखजाना मुद्धामा फरार रहेका सहनीलाई भने सोमबार पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ । पक्राउ परेका सहनीलाई हातहतियार खरखजना मुद्धामा आवश्यक कार्वाही पश्चात कर्तव्य ज्यान मुद्धाको थप अनुसन्धानका लागी जिल्ला प्रहरी कार्यालय सर्लाहीमा बुझाइने रौतहट प्रहरीले जानकारी दिएको छ ।


प्रतिक्रिया दिनुहोस्

Copyright © 2018 All rights reserved by NBC.
Designed by appharu.com