३ भाद्र २०७६, मंगलवार

काठमाडौं । कार्यक्रममा भारतका लागि पूर्व नेपाली राजदुत डा. दुर्गेशमान सिंहले नेपाल–भारत संयुक्त आयोगको बैठकमा भाग लिन आउन लागेको भारतीय विदेशमन्त्री जयशंकरको भ्रमणबाट नेपालले फाइदा लिन सक्नुपर्ने बताउनुभएको छ । काठमाडौंमा आयोजित एक कार्यक्रममा सिंहले भारतमा अहिले म्याण्डेट प्राप्त सरकार आएको र नेपाललाई असाध्यै माया गर्ने प्रधानमन्त्री मोदीले नेपाललाई विशेष महत्व दिएको सुनाउनुभयो ।

‘नेपाल–भारत सम्बन्धमा अब नयाँ गति कायम हुन्छ’–उहाँले थप्नुभयो, ‘वर्षौदेखि सम्झौता गरेर थन्किएका प्रोजेक्टहरुले अब गति लिन्छन् । ती सम्झौताहरु कार्यान्वयनमा जान्छन् । यो राम्रो कुरा हो ।’

सिंहले अहिले नेपाल–भारत द्धिपक्षीय सम्झौताहरु धमाधम कार्यान्वयनको दिशामा अघि बढिरहेको पनि सुनाउनुभयो । उहाँले भन्नुभयो, ‘हाईडा«ेपावर, हुलाकी राजमार्ग, आईसिपीलगायतका प्रोजेक्टहरु धमाधम अघि बढिरहेका छन् । यो एकदमै सुखद पक्ष हो ।’

संयुक्त आयोगको बैठक दुवै देशको लागि उचित फोरम भएको सुनाउँदै सबै पक्षमा खुलेर कुराकानी गर्नुपर्ने उहाँले सुझाउनुभयो । सिंहले अहिले नेपाल–भारतबीच कुनैपनि समस्या नरहेको जिकिर गर्नुभयो ।

प्रतिक्रिया दिनुहोस्
LIVE TV