फिल्म ‘आइएम ट्वान्टी वन्’ मा धिरज र जसिता फाइनल



प्रकाशित मिति : Aug 20, 2019

काठमाडौं । फिल्म ‘आइएम ट्वान्टी वन्’ बन्ने पक्का भएको छ। फिल्मलाई निर्देशक रेनशा वान्तवा राणा राईले निर्देशन गर्ने छिन् भने अभिनेता धिरज मगर र अभिनेत्री जसिता गुरुङ्ग फिल्मकाे मुख्य भूमिकामा देखिदैछन्।

आइकोर फिल्मसबाट बन्ने नयाँ फिल्म ‘आइएम ट्वान्टी वन्’ मा अभिनेता धिरज पहिला नै फाइनल भइसकेका थिए भने अभिनत्री जसिता पनि भित्रिएकी छिन् । निर्देशक राईले डेब्यू गरेकी फिल्म ‘इन्टु मिन्टु लण्डनमा’ ले सफल्ता पाएको थियो ।

फिल्मको सफल्तापछि उनले सक्सेस पार्टीमा ‘आइएम ट्वान्टी वन्’ निर्माण गर्ने घोषणा गरेकी थिइन् । ‘आइएम ट्वान्टी वन्’ को वर्कसप गर्न जसिता यसै साता लण्डनबाट नेपाल आउने बताइएको छ।


प्रतिक्रिया दिनुहोस्

Copyright © 2018 All rights reserved by NBC.
Designed by appharu.com