बक्स अफिस कलेक्शन– ‘मिशन मंगल’ भर्सेस ‘बटला हाउस’



प्रकाशित मिति : Aug 20, 2019

काठमाडौं । अक्षय कुमार, विद्या बालन, सोनाक्षी सिन्हा, तापसी पन्नु स्टारर् फिल्म ‘मिशन मंगल’ले बक्स अफिसमा जबरदस्त कलेक्शन गरिरहेको छ । यो फिल्मले रिलिजमा आएको तीन दिनमै ५० करोड भन्दा बढीको कलेक्शन गरेको थियो । ट्रेड रिपोर्टका अनुसार सोमबार (हिजो) पनि १० करोडको हाराहारीमा ब्यापार गरेको थियो । अहिलेसम्म यो फिल्मले बक्स अफिसमा १०७.५६ करोड भन्दा बढीको ब्यापार गरिसकेको छ ।

ट्रेड एनालिष्ट तरण आदर्षका अनुसार १५ अगष्टबाट दर्शकमाझ रिलिजमा आएको ‘मिशन मंगल’ले २९.१६ करोडको बम्पर कमाई गर्दै सुखद ओपनिङको सुरुवात गरेको थियो । फिल्मले शुक्रबारका दिन १७.२८ करोडको ब्यापार गरेको थियो, भने शनिबार २३.५८ करोड र आइतबार २७.५४ करोडको कलेक्शन गरेको थियो । फिल्मको कन्सेप्ट पनि निकै रुचाइएको छ । फिल्मलाई जगन शक्तिले निर्देशन गरेका हुन् । फिल्ममा कीर्ति कुल्हरी र शरमन जोशीलगाएत पनि मुख्य भूमिकामा छन् ।

सोही दिन रिलिजमा आएको अर्का अभिनेता जोन अब्राहमको फिल्म ‘बटला हाउस’ अक्षय कुमारको ‘मिशन मंगल’सँग क्लैश भएता पनि बक्स अफिसमा राम्रो कमाई गरिरहेको छ । सोमबारका दिन पनि यो फिल्मले ६.५० करोड भन्दा बढीको ब्यापार गरेको छ । यो फिल्मले अहिलेसम्म ५४.४९ करोड भन्दा बढीको ब्यापार गरिसकेको छ । यो फिल्मलाई निखिल आडवाणीले निर्देशन गरेका हुन् ।


प्रतिक्रिया दिनुहोस्

Copyright © 2018 All rights reserved by NBC.
Designed by appharu.com