अनुसन्धानलाई सहयोग गर्नेे नैतिक साहस देखाउँदा-देखाउँदै रविजीलाई सञ्चारगृहभित्रै पसेर पक्राउ गर्नु गलत हाे : पूर्व एआइजी शर्मा



प्रकाशित मिति : Aug 20, 2019

काठमाडौं । नेपाल प्रहरीका पूर्व एआइजी विज्ञानराज शर्माले सञ्चारकर्मी रवि लामिछानेलाई पक्राउ गर्दा प्रयोग गरिएको व्यवहारलाई लिएर असहमति जनाउनुभएको छ ।

घटनाबारे लगाइएको आरोपलाई लिएर रविजीले प्रहरी अनुसन्धानलाई सहयोग गर्ने र दोषी देखिए कारवाही भोग्ने नैतिक साहस देखाइसकेको अवस्थामा कुनै उजुरी वा किटानीविना नै सञ्चारगृहभित्रै प्रवेश गरेर पक्राउ गर्नु गल्ती भएको उहाँको टिप्पणी थियो ।

न्यूज २४ को नियमित प्रस्तुति ६ प्रश्नमा टिभी जर्नलिष्ट स्मृति मल्लसंग कुरा गर्दै पूर्व एआइजी शर्माले शालिग्राम पुडासैनी प्रकरणको ‘भिडियो लिक’ भएको सम्बन्धमा पनि प्रहरीलाई उम्कने ठाउँ नरहेको जिकिर गर्नु भयो ।

उहाँले प्रहरीको अनुसन्धान जस भन्दा बढी अपजस कमाउने ठाउँ बनेको गुनासो गर्दै रविजीको अनुसन्धान प्रक्रियामा केही गल्तीहरु भएको टिप्पणी भने गर्नु भयो ।

पूर्व आइजीपी शर्मासंग मल्लले गरेको कुराकानीको विस्तृत अंश भिडियोमा-


प्रतिक्रिया दिनुहोस्

Copyright © 2018 All rights reserved by NBC.
Designed by appharu.com