३ भाद्र २०७६, मंगलवार

एजेन्सी । भारत प्रशासित कश्मिरमा सोमबारबाट स्कुलहरु खुले पनि जारी तनावको कारण कमै मात्रै विद्यार्थी पढनपाठनमा सहभागी भएका छन् ।

भारत सरकारले अगस्ट ५ का दिन कस्मिरलाई दिँदै आएको विशेष राज्यमा मान्यतालाई अन्य गरेको थियो । त्यसयता कस्मिरमा कुनै प्रकारका हिंसात्मक घटना नहोस भनेर निषेधाज्ञा जारी गरिएको छ ।

मुस्लिम बाहुल्य रहेको कस्मिरको राजधानी श्रीनगरमा रहेका करिब दुई सय प्राथमिक विद्यालय खुला भएको अधिकारीहरुले जनाएका छन् । अभिभावकहरुले सुरक्षाको चिन्ताको कारण आफ्ना नानीहरुलाई स्कुल नपठाएको बताएका छन् । साथै विद्यार्थीहरुमा पनि एकप्रकारकाे त्रास कायमै रहेकाले विद्यालय जान नसकेकाे बताइएकाे छ ।

कस्मिरमा सुरक्षा कडा पारिएको भए पनि विशेष दर्जा दिने निर्णयको विरोधमा हिंसात्मक प्रदर्शनहरु भने हुँदै आएका छन् ।

प्रतिक्रिया दिनुहोस्
LIVE TV