इटालीको एक धारामा पानी होइन चौबिसै घण्टा रक्सी बग्छ



प्रकाशित मिति : Aug 19, 2019

एजेन्सी । धारामा पानी होइन रक्सी बग्छ भन्दा अनौठो लाग्छ । तर इटालीको फाउन्टेना डेल भिनोमा चौबिसै घण्टा रक्सी बग्छ ।

इटालीमा यस्तो अनौठो फाउन्टेन छ जहाँ पानी होइन वाइन बग्दछ । इटालीको अलरुज्जा सहरमा रहेको फाउन्टेना डेल भिनो नामक यी फाउन्टेनमा चौबीसै घण्टा रेड वाइन बग्दछ । यस फाउन्टेनमा पर्यटकहरुले सित्तैमा वाइन पिउन पाउँछन् । स्थानीय एक वाइन उद्योगले यो वाइन फाउन्टेन स्थापना गरेको हो ।

चर्चित पर्यटकीय मार्ग क्यामिनो डी सान टोमासोमा पर्ने यस क्षेत्रका पर्यटकको तिर्खा मेटाउने गरी यो वाइन फाउन्टेन निर्माण गरिएको छ ।


प्रतिक्रिया दिनुहोस्

Copyright © 2018 All rights reserved by NBC.
Designed by appharu.com