नुवाकोटको भोर्लेमा युवकको शव फेला



प्रकाशित मिति : Aug 19, 2019

काठमाडौँ । नुवाकोटको तादी गाउँपालिका–३ स्थित भोर्लेमा एक युवकको आज शव भेटिएको छ । वडा नं २ बाह्रबिसेका २६ वर्षीय विजय कट्टेलको शव फेला परेको हो ।

कट्टेल गाईजात्रा हेर्न भनी आफ्नो घरबाट शुक्रबार घरदेखि हिँडेका थिए । कट्टेल गाडीमा सहचालकको काम गर्ने गरेका जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक राजेश थापाले बताउनुभयो ।

उहाँका अनुसार शव भोर्लेस्थित सडकको पाँच मिटर पर धान खेतमा फेला परेको थियो । शवपरीक्षण गर्न शिक्षण अस्पताल काठमाडौँ पठाइएको प्रहरीले जनाएको छ ।


प्रतिक्रिया दिनुहोस्

Copyright © 2018 All rights reserved by NBC.
Designed by appharu.com