विद्युत उत्पादन बढे पनि खपत कम



प्रकाशित मिति : Aug 19, 2019

कामठमाडौं । नेपालमा विद्युतको उत्पादन बढेपनि खपत भने कम छ । गत बर्ष नेपालमा ६ अर्ब ३८ करोड युनिट मात्रै विद्युत खपत भएको तथ्यांक नेपाल विद्युत प्राधिकरणसँग छ । तर खपत घटेपनि प्राधिकरणको आम्दानीमा भने बृद्धि भएको छ ।

आर्थिक बर्ष २०७५/७६ मा विद्युत खपत घटेको छ । प्राधिकरणको प्रणालीमा रहेको कुल ७ अर्ब ५५ करोड युनिट विद्युतमध्ये गत बर्ष ६ अर्ब ३८ करोड युनिट मात्रै विद्युत खपत भएको हो । विगतको तुलनामा विद्युतका ग्राहक थपिएपनि खपत भने कम भएको प्राधिकरणको तथ्यांकमा छ । उपभोक्ताले किफायती चिम प्रयोग गर्ने गरेका कारण विद्युतको माग घटेको प्राधिकरणले जनाएको छ । आर्थिक बर्ष २०७४/७५ को तुलनामा गत आर्थिक बर्षमा ७ प्रतिशतले विद्युतको उपलब्धता बढेको प्राधिकरणको निष्कर्ष छ ।

प्रणालीमा उपलब्ध विद्युतको खपत बढाउन प्राधिकरणले गतबर्ष मनाङ, सोलुखुम्बु, बझाङ र दार्चुलामा केन्द्रिय प्रसारण लाइनको विद्युत पु¥याएको छ । यस्तै, चालु बर्षमा रुकुम पूर्व, कालिकोट, बाजुरा र जुम्लामा केन्द्रिय विद्युत सेवा उपलब्ध गराउने योजना प्राधिकरणसँग छ । यता, मन्त्रालयले पनि उपलब्ध विद्युत खेर जान नदिन विद्युतीय उपकरणको भरपुर प्रयोग गर्न अनुरोध गर्छ । उर्जामन्त्री बर्षमान पुनले ग्याँस, पेट्रोलियम पदार्थको आयात प्रतिस्थापनका लागि विद्युतीय उपकरणको प्रयोग गर्न अनुरोध गर्नुहुन्छ ।

प्रणालीको सबै विद्युत खपत नभएपनि विगत तीन बर्षयता प्राधिकरणको खुद मुनाफा निरन्तर बृद्धि छ । २०७२/७३ मा भएको प्राधिकरणको ३४ अर्ब ६० करोड बराबरको संचिती नोक्सान घटेर १५ अर्ब २२ करोडमा झरेको छ ।

कहिले कति मुनाफा ?

मन्त्रालयले पनि विद्युतीकरणलाई जोड दिनुपर्ने र विद्युतको उपभोग बढाउनुपर्नेमा जोड दिन्छ ।
नेपालमा ३९ लाख १० हजार केन्द्रीय विद्युतका प्रयोगकर्ता छन् । हालसम्म कुल जनसंख्याको ७८ प्रतिशतले विद्युतको उपभोग गरेको प्राधिकरणको दावी छ ।


प्रतिक्रिया दिनुहोस्

Copyright © 2018 All rights reserved by NBC.
Designed by appharu.com