२० वर्षपछि राष्ट्रिय वाणिज्य बैंक लि. पूर्तिघाटमा पुर्नस्थापना



प्रकाशित मिति : Aug 19, 2019

गुल्मी । पूर्ण सरकारी स्वामित्वमा रहेको राष्ट्रिय वाणिज्य बैंक लि.ले गुल्मी जिल्लाको कालीगण्डकी गाउपालिका ४ पूर्तिघाटमा आफ्नो शाखा पुर्नस्थापना गरेको छ । वि.स. २०४० सालमा यस स्थानमा शाखा रहेकोमा द्धन्द्धकालिन समयमा सुरक्षाको दृष्ट्रिकोणले २०५६\५७ सालतिर विस्थापित भई रिडी शाखामा गाभिन पुगेको यस शाखा २० वर्षपछि पुर्नस्थापना भएको हो ।

स्थानीय समाजसेवी भगवती प्रसाद श्रेष्ठको सभापतित्वमा सम्पन्न समुदघाटन समारोहमा कालीगण्डकी गाँउपालिकाका अध्यक्ष वेद बहादुर थापाले दिप प्रज्वलन तथा व्यानर वाचन गरेर शाखा पुर्नस्थापनाको समुदघाटन गर्नुभएको थियो ।

पूर्तिघाट शाखाका शाखा प्रबन्धक अर्जुन अर्यालले स्वागत मन्तव्य व्यक्त गर्दै बैंकले प्रदान गर्ने सेवा सुविधको सम्बन्धमा चर्चा गर्दै यस्को अधिकतम प्रयोग गरि लाभ लिन सबैलाई आग्रह गर्नुभयो ।


गल्याङबजार शाखाका शाखा प्रवन्धक नविन अर्यालले संचालन गर्नुभएको कार्यक्रममा कालीगण्डकी गाउपालिकाका प्रमुख प्रशासकीय अधिकृत वावुराम पल्ली विशिष्ट अतिथी रहनुभएको थियो भने कार्यक्रममा स्थानीय राजनीतिक दलका प्रतिनिधी बैंक तथा वित्तीय संस्थाका प्रमुख विभिन्न सरकारी तथा गैरसरकारी संघ संस्थाका प्रमुख, युवा क्लव, आमा समूह तथा सर्वसाधारणको उल्लेखनीय सहभागिता रहेको थियो ।

कार्यक्रम समुदघाटन गर्दै कार्यक्रमका प्रमुख तथा कालीगण्डकी गाँउपालिका अध्यक्ष बेद बहादुर थापाले राष्ट्रिय वाणिज्य बैंक लि.जानौ नेपालको सवैभन्दा ठूलो बैंक पूर्तिघाट जस्तो दुर्गम स्थानमा संचालन हुनु खुसी को कुरा हो भन्दै बैंक र गाँउपालिकाको सहकार्यबाट यस क्षेत्रका वासिन्दालाई अधिकतम सेवा पु¥याउन सहकार्य गरिने वताउनुभयो ।

कार्यक्रममा राजनीतिक दलका प्रतिनिधी तथा स्थानीय व्यापारी, वुद्धिजिवी लगाएतकाले आफ्ना भनाई प्रस्तुत गर्दै राष्ट्रिय वाणिज्य र्बैक लि. को उत्तरोत्तर प्रगतिको कामना गर्दै सर्वसाधारणको सेवामा समर्पित हुन आग्रह गर्नुभएको थियो ।


प्रतिक्रिया दिनुहोस्

Copyright © 2018 All rights reserved by NBC.
Designed by appharu.com