२ भाद्र २०७६, सोमबार

उत्तम पौडेल

कास्की । जिल्ला प्रहरी कार्यालय कास्कीले असल कार्य गर्ने प्रहरीलाई प्रदान गर्दै आएको पुरस्कार यो महिना पनि बितरण गरेको छ । सोही अनुरुप यो महिना कास्कीका दुई प्रहरी जवानलाई पुरस्कार प्रदान गरिएको हो ।

असल कार्य गर्ने प्रहरीलाई प्रोत्साहन र काम नगर्नेलाई कारवाही गरिदै आएको यो अभियानमा यस पटक असल कार्य गरे वापत प्रहरी जवान कृष्ण रेग्मी र अर्का प्रहरी जवान बिकास श्रीपालिलाई जिल्ला प्रहरी कार्यालय कास्कीका प्रहरी प्रमुख एसपि दान बहादुर कार्कीले सम्मान गरेका हुन ।

हरेक महिना प्रदान गर्दै आएको यो पुरस्कार यो महिना उनीहरुले प्राप्त गर्न सफल भएका हुन् । उनीहरुले प्रमाण पत्र तथा नगद प्राप्त गरेका छन् ।

प्रहरी विभाग भित्र नै यसरी सम्मान तथा पुरस्कृत गर्नाले प्रहरीको मनोबल बढ्ने र जनताको सेवामा सर्मपणको भाव अझ प्रगाढ हुने एसपि दान बहादुर कार्कीले बताएका छन ।

प्रतिक्रिया दिनुहोस्
LIVE TV