२ भाद्र २०७६, सोमबार

काठमाडौँ । नेपालका २० अधिकारीलाई सम्पत्ति शुद्धिकरण तथा आतङ्कवादी क्रियाकलापमा वित्तीय लगानी निवारण सम्बन्धी प्रशिक्षण दिने भएको छ । नेपाल सरकारको अनुरोधमा नेपालका विभिन्न सरकारी निकायका २० अधिकारीहरुलाई ‘सम्पत्ति शुिद्धकरण तथा आतङ्कवादी क्रियाकलापमा वित्तीय लगानी निवारण’ सम्बन्धी विशेष ६ दिने तालिम सोमबाट भारतको फरीदाबादमा सुरु भएको हो ।

भारतको नेश्नल एकेडेमी अफ कस्टोमस, इनडाइरेक्ट ट्याक्सेस, एण्ड न्याकोटिस्मा सञ्चान भएको हो । प्रशिक्षण “भारतीय प्राविधिक तथा आर्थिक सहकार्य कार्यक्रम” अन्तर्गत भारत सरकारको पूर्ण सहयोगमा सञ्चालन गरिएको हो ।

नेपाली अधिकारीहरुको क्षमतालाई अभिवृद्धि गर्ने भारत सरकारको प्रतिबद्धताको अर्को उदाहरणको रुपमा यस कार्यक्रमलाई लिइएको छ । यस पछिल्लो पहलकदमी अन्तर्गत नेपालका विभिन्न नियामक निकायहरुका कूल ६० अधिकारीहरुलाई तालिम दिइनेछ ।

उक्त प्रशिक्षण दुई ब्याचका प्रत्येक २० अधिकारीहरुलाई (NACIN) मा अक्टोबर र डिसेम्बर महिनामा दिइने स्रोतले जनाएको छ । कार्यक्रमले नेपालका सम्बन्धित निकायहरुको सम्पत्ति शुिद्धकरण तथा आतङ्कवादी क्रियाकलापमा वित्तीय लगानी निवारण सम्बन्धी मामिलामा क्षमता अभिवृिद्ध गर्ने अपेक्षा गरिएको छ ।

LIVE TV