२ भाद्र २०७६, सोमबार

रसुवा । भोटेकोसी नदीमा आएको बाढीले रसुवामा बेलिब्रिज बगाएको छ । अविरल वर्षापछि आइतबार एक्कासि आएको बाढीले टिमुरे भन्सार कार्यालय र सुख्खा बन्दरगाहबाट रसुवागढी जलविद्युत् आयोजनातर्फ जाने बेलिब्रिज बगाएको हो ।

फाइल तस्वीर

पुल बाढीले बगाएपछि रसुवागढी सुख्खा बन्दरगाहबाट रसुवागढी जलविद्युत् आयोजनातर्फ आवतजावत गर्ने सहायक मार्ग सम्पर्क विच्छेद भएको छ ।

बाढीले रसुवा भन्सार र जलविद्युत् आयोजनाको सामान बोक्न प्रयोग हुँदै आएका करिब ३ दर्जन गाडी जोखिममा परेका थिए । तर, राति नै नदी किनाराका गाडी सुरक्षित स्थानमा सारिएकाले थप क्षति हुनबाट जोगिएको रसुवाका प्रमुख जिल्ला अधिकारी अर्जुन भण्डारीले जानकारी दिनुभयो ।

अविरल वर्षापछि भोटकोसीमा गएराति बाढीको बहाव एक्कासि बढेको थियो । नदीमा बहाव बढेपछि स्याफ्रुबेसी, गुमचेत, मैलुङ, पहिरोबेसी, शान्तिबजारदेखि खाल्डेसम्मका वस्ती जोखिममा परेपछि त्यहाँका बासिन्दालाई राति नै सुरक्षित स्थानमा सारेको थियो ।

प्रतिक्रिया दिनुहोस्
LIVE TV