२ भाद्र २०७६, सोमबार

चितवन, २ भदाै । प्रहरी नियन्त्रणमा रहेका संचारकर्मी रवि लामिछाने र युवराज कँडेलको रिहाईको माग गर्दै थालिएकाे सर्वसाधारणकाे प्रदर्शनले उग्ररुप लिएपछि जिल्ला प्रशासन कार्यालय चितवनले चौबिसकोठीदेखि मालपोतचोकसम्म निषेधित क्षेत्र घोषणा गरेको थियाे । तर प्रदर्शनकारीहरुले निषेधित क्षेत्र अवज्ञा गर्दै आज पनि प्रदर्शन र नाराबाजी जारी राखेका छन् ।

संचारकर्मी नियन्त्रणमा लिएको विरोधमा निरन्तर प्रदर्शन भएपछि एक किलोमिटर क्षेत्रलाई निषेधित क्षेत्र घोषणा गरेको थियाे । निषेधित क्षेत्रमा प्रदर्शन तथा मानिसको हुलहुज्जत गर्न निषेध गरिएको हाे । चौबिसकोठीदेखि मालपोत चोकसम्म अस्पताल, अदालत, प्रहरी कार्यालयलगायतका कार्यालयहरु रहेकोले सुरक्षा संवेदनशीलताको कारण निषेधित क्षेत्र घोषणा गरिएको प्रहरी प्रमुख दानबहादुर मल्लले जानकारी दिनुभयो ।

साउन २० गते आत्महत्या गरेका शालिकराम पुडासैनीको मोबाइलमा रहेको भिडियोका आधारमा प्रहरीले नियन्त्रणमा लिएका संचारकर्मी लामिछाने र कँडेललाई भोलि पनि अदालत उपस्थित गराउने तयारी छ ।

प्रतिक्रिया दिनुहोस्
LIVE TV