फ्रेन्च लिग : रेनिससँग पीएसजीको अप्रत्यासित हार



प्रकाशित मिति : Aug 19, 2019

एजेन्सी । फ्रेन्च लिग वान अन्तरगत आइबार राति भएको खेलमा साविकको विजेता पेरिस सेन्ट जर्मेन (पीएसजी)ले अप्रत्यासित हार बेहोरेको छ । पीएसजीले रेनिससँग २–१ को अप्रत्यासित हार बेहोरेको हो ।

रेनिसलाई जित दिलाउनका लागि एम बाय नियाङ र रोमेन डेल क्यास्टिलोले गोल गरे । पीएसजीका एडिन्सन काभानीले गोल गरे ।

खेलमा पीएसजीले अग्रता लिए पनि अग्रता जाेगाउन सकेन । खेलको ३६ औँ मिनेटमा काभानीले गोल गर्दै पीएसजीलाई अग्रता दिलाएका थिए । तर पीएसजीको अग्रता धेरै बेर टिक्न सकेन । पीएसजीले गोलको गरेको आठ मिनेटमै एमबायले गोल गर्दै खेल बराबरी फर्काए ।

दोस्रो हाफको शुरुमै रोमेन डेल क्यास्टिलोले गोल गरेपछि रेनिस खेलमा २–१ ले अघि बढेको थियो । त्यसपछि थप गोल निस्कन नसक्दा पीएसजीले अप्रत्यासित हार बेहोर्न पुग्यो ।

पीएसजीले रेनिसविरुद्ध पनि आफ्ना स्टार फरवार्ड नेयमारलाई टोलीमा समेटको थिएन । नेयमारले पीएसजी छाड्ने हल्ला छ ।


प्रतिक्रिया दिनुहोस्

Copyright © 2018 All rights reserved by NBC.
Designed by appharu.com