चेल्सी लेस्टर सिटीसँग बराबरीमा राेकियाे



प्रकाशित मिति : Aug 19, 2019

एजेन्सी । इंग्लिस प्रिमियर लिग फुटबलमा चेल्सीले लेस्टर सिटीसँग एक–एक गोलको बराबरी खेल्दै अंक बाँडेको छ ।

नयाँ सिजनको शुरुवात म्यानचेस्टर युनाटेडसँग ४–० को पराजयबाट शुरु गरेको चेल्सीले गत राति भएको खेलमा अग्रता जोगाउन नसक्दा लेस्टरसँग अंक बाँडेको हो ।

चेल्सीले घरेलु मैदान स्टाम्फोर्ड ब्रिजमा अंक बाँडेको हो । खेलको सातौं मिनेटमै २० वर्षीय इंग्लिस मिडफिल्डर मासोन माउन्टले गोल गरेपछि पहिलो हाफमा चेल्सीले अग्रता बनाएको थियो । तर, दोस्रो हाफमा विल्फ्राइड एनडीडीले बराबरी गोल फर्काएका थिए । बाँकी समयमा दुबैले गोल गर्न सकेनन् ।

६७ औं मिनेटमा एनडीडीले जेम्स म्याडिसनको कर्नरमा हेड गोल गरेका हुन् । सिजनको पहिलो खेलमा गएको साता लिसेस्टरले वुल्भ्ससँग बराबरी खेलेको थियो । आइतबारै भएको अघिल्लो खेलमा सेफिल्ड युनाइटेडले क्रिस्टल प्यालेसलाई पराजित गरेको थियो ।


प्रतिक्रिया दिनुहोस्

Copyright © 2018 All rights reserved by NBC.
Designed by appharu.com