९ महिनादेखि मेलम्चीको काम ठप्प, प्रधानमन्त्री भन्छन्-‘छिट्टै आउँछ’



प्रकाशित मिति : Aug 19, 2019

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आइतबार प्रतिनिधिसभा बैठकमा बोल्दै मेलम्चीको पानी उपत्यकामा चाँडै ल्याउने प्रतिबद्धता दोहोर्याएका छन् । प्रधानमन्त्रीले पटक–पटक मेलम्चीको पानी छिट्टै काठमाडौँ ल्याउने प्रतिबद्धता जनाए पनि आयोजनाको काम भने सुचारु हुन सकेको छैन ।

ओलीले केही ढिलाइ भए पनि मेलम्चीको पानी ल्याइने बताए । गत पुसमा इटालियन ठेकेदार कम्पनी सीएमसीले आफू आर्थिक रुपमा टाट पल्टेको घोषणा गर्दै काम छोडेपछि मेलम्ची खानेपानी आयोजनाका काम ठप्प छ । यो समाचार आजको कान्तिपुर दैनिकमा छ ।


प्रतिक्रिया दिनुहोस्

Copyright © 2018 All rights reserved by NBC.
Designed by appharu.com