हेरचाह प्रशिक्षण कार्यक्रम सुरु



प्रकाशित मिति : Aug 18, 2019

काठमाडौं । मानव अधिकारको लागि महिला, एकल महिला समूह र हेल्थ याट होमको संयुक्त प्रयासमा केयर गिभर तालिम कार्यक्रम संस्थागत रुपमा सूचारु भएको छ । विगतमा एकल महिल समूहले समान कार्यक्रम “दिदी कार्यक्रम“ नामबाट सञ्चलनमा लयाए पनि सूचारु हुन सकेको थिएन ।

यो कार्यक्रम ६ वर्ष अगाडिबाट हेल्थ याट होमले सञ्चालन गर्दै आएको थियो । मानव अधिकारको लागि महिला, एकल महिला समूह भनेको एकल महिलाहरुको क्षेत्रमा काम गर्ने गैर सरकारी संस्था हो । लीली थापाद्वारा २५ वर्ष अगाडि स्थापित यस संस्थाले एकल महिलाको क्षेत्रमा निरन्तर रुपमा काम गर्दै आइरहेको छ ।

हेल्थ याट होम भनेको घर–घरमा बिरामीलाई स्वास्थ सेवा प्रदान गर्ने संस्था हो । यसको संस्थापक डा विशाल ढकाल हुन् । विरामीको बढ्दो चाप र नाजुक अवस्थामा स्याहार–सुसार राम्रो नपाएको अवस्थामा प्रशिक्षित जनशक्तिले राम्रो छाप छाड्ने एकल महिलका तर्फबाट कार्यकारी निर्देशक सुमिरा श्रेष्ठले बताए ।

यस तालिममा बिरामीलाई दिइने स्वास्थ्य सेवा, रोगको जानकारी, रोग अनुसारको पोषण, प्राथमिक उपचार इत्यादिको तालिम दिइन्छ । यो तालिम पश्चात केयर गिभरहरु एउटा दक्ष स्वास्थ्यकर्मीको रुपमा चिनिन्छ र उनीहरुले त्यस पश्चात विभिन्न संस्थाहरु काम गर्न सक्छन् । यसका साथै यो तालिमले वैदेशिक रोजगारमा पनि सहयोग पु¥याउँछ ।

एकल महिलाको सामाजिक र आर्थिक सशक्तिकरणमा ठूलो भूमिका खेल्ने संस्थाकी कार्यक्रम प्रबन्धक उपासना राणाले बताइन् । यस पहिलो चरणको तालिममा २० जना एकल महिला तथा अन्य महिलाहरूको सहभागिता रहेका थिए ।


प्रतिक्रिया दिनुहोस्

Copyright © 2018 All rights reserved by NBC.
Designed by appharu.com