पर्यटकीय स्थल पाँचपोखरी पुग्ने सडक अस्तव्यस्त



प्रकाशित मिति : Aug 18, 2019

सिन्धुपाल्चोक । सरकारले सन् २०२० लाई भ्रमण वर्षका रुपमा मनाउने भएपनि तयारी छैन । पर्यटकीय गन्तव्यस्थलका रुपमा तोकिएको सिन्धुपाल्चोकको पाँचपोखरीमा तयारी नै भएको पाइदैन ।

यहाँ पुग्ने सडकको अवस्था विजोग रहेको छ । सिन्धुपाल्चोकको पाँच पोखरी पुग्न भोताङसम्मको यात्रा गर्नुपर्छ । यहाँ पुग्ने सडक कच्ची छ । वर्षायाममा त सकसले मात्र पुग्न सकिन्छ । कच्ची सडक भएकाले यहाँ सवारी साधन फस्छन् ।

योजनामा कालोपत्रे बनाउने राखिएपछि कार्यान्वयन हुन सकेको छैन । सडक साँघुरो भएकोले दोहोरो गाडी घुड्न मिल्दैन भने उकालो सडक भएकोले गाडी तानेर यात्रा गर्नु पर्छ ।

स्थानीय पालिकाले कालोपत्रेको योजना बनाइएको बताएको छ । छिट्टै कालोपत्रे गर्ने भन्दै आश्वासन दिने गरेको स्थानीय नै बताउँछन् । पाँचपोखरी थाङ्पाल गाउँपालिकाले सडक सुधार गरिने बताएको छ ।

सडक खाल्डो र हिलाम्य छ । पर्यटकलाई आकर्षित गर्न सहज यात्रा बनाउनतर्फ ध्यान नदिएको गुनासो सुरु भएको छ । छोटो घुम्ती, ठाडो उकालोले सवारी चालकहरु समेत हैरान छन् । भ्रमण वर्ष सफल पार्न पर्यटकीय गन्तव्यस्थलको सुधार गर्नुपर्ने स्थानीयको जोड छ ।


प्रतिक्रिया दिनुहोस्

Copyright © 2018 All rights reserved by NBC.
Designed by appharu.com