गाउँमा विद्युत पुगेपछि स्थानीय भन्छन्– ‘आयमुलक काम गर्छौ’



प्रकाशित मिति : Aug 18, 2019

भोजपुर । भोजपुर नगरपालिका भित्र पर्ने एउटा गाउँ जहाँ नगरापलिकाको अन्य क्षेत्रमा विद्युत पुगेको ३० वर्षपछि मात्र स्थानीयले विजुलीको प्रयोग गर्न पाएका छन् । विद्युत पुगेपछि स्थानीयहरु अध्यारोबाट मुक्त त भएका छन् तर त्यसको अलवा विजुलीको प्रयोगबाट आम्दानी बढाउने काममा लाग्ने समेत बताएका छन् ।

भोजपुर नगरपालिकाको एउटा क्षेत्र जहाँ नगरपालिकाकै अन्य क्षेत्रमा विद्युत पुगेको ३० वर्षपछि मात्र बिजुली पुगेको छ । वडा नं २ हेलौंछामा ४ सय ७५ घरधुरी रहेको छ । त्यसमध्ये जिमीगाउँ र मगरगाउँका करिब १ सय घरमा विजुली पुगेको हो । गाउँमा बिजुली आएपछि स्थानीयहरु खुसि भएका छन् । त्यस्तै विद्युतको प्रयोगगरी आम्दानीका कामगर्न सकिने भन्दै स्थानीयहरु उत्साहित भएका छन् ।

विद्युत प्राधिकरण भोजपुर वितरण केन्द्रका अनुसार भोजपुरको धापखर्क, सुन्तले, वाघखोर, आहालडाँडा हुदै करिव साढे ११ किलो मिटर मुख्य लाइन बिस्तार गरिएको छ । सो स्थान सम्म विद्युत पु¥याउनका लागि ५७ लाख बजेट खर्च भएको छ । गाउँका अन्य घरधुरीहरुले पनि मिटरको व्यवस्था भएपछि विद्युत पाउने भएका छन् ।

टुकीको भरमा बस्नुपर्ने बाध्यता हटेपछि स्थानीयले विद्युतको प्रयोग गरी आयमुलक काम गर्ने समेत बताएका छन् ।


प्रतिक्रिया दिनुहोस्

Copyright © 2018 All rights reserved by NBC.
Designed by appharu.com