दुई सय केजी तौल उठाएर सबैलाई चकित बनाउँदै टाइगर श्राफ



प्रकाशित मिति : Aug 18, 2019

एजेन्सी । बलिउडका अभिनेता टाइगर श्राफले आइतबार एक भिडियो सियर गरेका छन् । टाइगरले डेडलिफ्ट एक्सरसाइजमा २ सय केजी वजन उठाउँदै गरेको भिडियोमा सियर गरेका हुन् । टाइटरले उठाइएको उक्त वजनले सबैलाई अचम्मित बनाएका छन् ।

भिडियोपछि अभिनेता ईशान खट्टरले पनि टाइगरका तरिफ गर्नुका साथै सुपर ह्युमन भनेका छन् । टाइगरले आफ्नो स्वास्थ्य पूरा ख्याल राख्नका लागि प्रोपर वर्कआउट गरेका छन् । उनका बडिलाई लिएर दुनिया फिदा हुन्छन् । उनले वजन उठाइएको भिडियो सामाजिक संजालमार्फत सियर गर्दै याहाँसम्म आफूलाई पुस गर्न धेरै समय भएको बताएका छन् ।

टाइगर पछिल्लो समय करण जौहरका फिल्म ‘स्टुडेंट आफ द इयर २’ मा देखिएका थिए । फिल्ममा तारा सुतारिया र अनन्या पाण्डे अहम भूमिकामा थिए । यद्यपि बक्स अफिसमा फिल्मले कमल गर्न सकेको थिएन । अब भने टाइगर अभिनेता ऋतिक रोशनसंग देखिएका छन् ।

फिल्म ‘वार’ मा उनी आउने भएका हुन् । फिल्मको टिजर भिडियो भने आइसको छ । यो फिल्म २ अक्टुबरमा रिलिज हुँदैछ । यशराज फिल्मो ब्यानरमा बनेको हो । फिल्म ३ वटा भाषा – हिन्दी, तमिल र तलुगु) मा रिलिज हुने भएको छ । फिल्मको निर्देशन आनंदले गरेका हुन् ।


प्रतिक्रिया दिनुहोस्

Copyright © 2018 All rights reserved by NBC.
Designed by appharu.com