हङकङमा आज पनि सरकार विरुद्ध प्रदर्शन



प्रकाशित मिति : Aug 18, 2019

एजेन्सी । हङकङमा आज पनि सरकार विरुद्ध प्रदर्शन भएको छ । दुई महिना अघिदेखि निरन्तर आन्दोलन र प्रदर्शनहरु भइरहेको हङकङमा आज प्रदर्शनको ११ औं हप्तामा भारी वर्षाका बाबजुद पनि ठूलो संख्यामा प्रदर्शनकारीहरु जम्मा भएका छन् ।

गत हप्ता भएका हिंसात्मक घटनापछिको यो पहिलो प्रदर्शन भएको बताइएको छ । “हङकङबासीको भेला शान्तिपूर्ण, तर्कसंगत र अहिंसात्मक“ नाराका साथ नागरिक समाज र मानव अधिकारवादी संस्था (सीएचआरएफ)ले आयोजना गरेको शान्तीपूर्ण र्यााली आयोजना गरेको जनाएको छ ।

यसअघि गत सोमबार र मंगलबार प्रदर्शकारीहरुले विमानस्थल क्षेत्रमा निरन्तर आन्दोलन जारी राखेपछि हङकङ विमानस्थलमाका सम्पूर्ण उडानहरु रद्द गरिएका थिए । उक्त प्रदर्शन हिंसात्मक भएपछि कयौं प्रदर्शनकारीहरुलाई प्रहरीले नियन्त्रणमा लिएको थियो ।


प्रतिक्रिया दिनुहोस्

Copyright © 2018 All rights reserved by NBC.
Designed by appharu.com