१ भाद्र २०७६, आईतवार

काठमाडौं । आर्यन सिग्देलको आगामी फिल्म ‘हजार जुनीसम्म’को नयाँ गीत सार्वजनिक भएको छ । सुगम पोखरेलको आवाजमा रहेको ‘सत्य सत्य’ गीतको भिडियो सार्वजनिक गरिएको छ । मानस विक्रम थापाको शब्द तथा प्रविन पौडेलको संगीत संयोजन रहेको ‘सत्य सत्य’ गीतको भिडियोमा अभिनेता आर्यन सिग्देल र अभिनेत्री प्रियंका कार्की फिचर्ड छन् ।

पुरुषोत्तम प्रधानले कोरियोग्राफी गरेका यस गीतको भिडियोलाई अर्जुन जिसीले सम्पादन गरेका हुन् । विशाल चाम्लिङको कथा रहेको ‘हजार जुनीसम्म’ फिल्ममा अर्यान सिग्देल, प्रियंका कार्की, संचिता लुँइटेल, स्वस्तिमा खड्का, सलोन बस्नेत, शिबहरि पौडेल, अनुभव रेग्मी लगाएतको मुख्य भूमिका रहेको छ ।

फिल्मको स्क्रिन प्ले/डाइलग विकाशराज आचार्य र सामिप्यराज तिमिल्सिनाको रहेको छ । फिल्मको कार्यकारी निर्माताको रुपमा कविता रेग्मी रहेकी छन् ।

प्रतिक्रिया दिनुहोस्
LIVE TV