भारतलाई फासिस्ट र जातीय हिन्दुवादीहरुले जस्तै कब्जा गर्याे : इमरान खान



प्रकाशित मिति : Aug 18, 2019

एजेन्सी । पाकिस्तानका प्रधानमन्त्री इमरान खानले भारतलाई फासिस्ट र जातीय हिन्दुवादीहरुले जस्तै कब्जा गरेको आरोप लगाएका छन् ।

जम्मू कश्मीरका विषयमा ट्वीट गर्दै प्रधानमन्त्री खानले जर्मनमा नाजीले जस्तै भारतमा फासिस्ट र हिन्दुवादी सर्वोच्च विचारधारा र नेतृत्वको कब्जामा रहेको आरोप लगाएका हुन् । उनले आरएसएस र भारतीय जनता पार्टीका संस्थापकहरुको जातीय अस्तित्व मेटाउने खेल, नरसंहारवादी सोच र नाजी विचारधाराबारे गुगल गरेर जोसुकैले पनि बुझ्न सक्ने उल्लेख समेत गरेका छन् ।

नरेन्द्र मोदी नेतृत्वको भारत सरकारले जम्मू कश्मीरलाई विभाजन गरेसँगै पाकिस्तान र भारतबीच विवादका साथै सीमामा तनावको स्थिति छ । ट्वीट गर्दै प्रधानमन्त्री खानले दुई सातादेखि जम्मू कश्मीरका ९० लाख कश्मीरीहरु भारत सरकारको नियन्त्रणमा बस्न बाध्य भएको भन्दै यसबाट विश्व नै तरंगित भएको उल्लेख गरेका छन् ।


प्रतिक्रिया दिनुहोस्

Copyright © 2018 All rights reserved by NBC.
Designed by appharu.com