भुटानका वैज्ञानिकहरु भारतमा आएर स्याटलाइट बनाउन सक्छन् : प्रधानमन्त्री मोदी



प्रकाशित मिति : Aug 18, 2019

एजेन्सी । भुटान भ्रमणमा रहेका भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले भुटानका युवा वैज्ञानिकहरु भारतमा आएर आफ्नो लागि नानो स्याटलाइट बनाउने काम गर्नसक्ने बताएका छन् ।

आज भुटानको रोयल विश्वविद्यालयमा विद्यार्थीहरुलाई सम्बोधन गर्दै प्रधानमन्त्री मोदीले भुटानलाई स्याटलाइट बनाउनेमा भारतले सहयोग गर्ने घोषणा गरेका हुन् । शनिवार भुटान पुगेका मोदीले भुटानका प्रधानमन्त्री लोटे छिरिङसँग वार्ता गर्नुका साथै द्विपक्षिय सन्धी सम्झौतामा हस्ताक्षर समेत गरेका थिए ।

प्रधानमन्त्री मोदीले दुई राष्ट्रले एकअर्काको परम्परा बुझेको भन्दै भुटान विश्वकै खुशी राष्ट्र रहेको उल्लेख गरेका छन् । प्रधानमन्त्री मोदीले आफूलाई सडकको दायाँबायाँ स्वागत गर्न बसेका हजारौं भुटानीहरुबाट निकै प्रभावित रहेको बताउदै भुटानी जनतालाई खुशीको मूल्य थाहा भएको बताएका छन् ।

साथै भुटानको खुशी देखेर १ अर्व बढी भारतीय समेत खुशी हुने तर्क गरे । मोदी आजै स्वदेश फर्कने कार्यक्रम रहेको छ ।


प्रतिक्रिया दिनुहोस्

Copyright © 2018 All rights reserved by NBC.
Designed by appharu.com