१ भाद्र २०७६, आईतवार

काठमाडौँ । प्रेमिकासित विवाद भएपछि स्वयम्भूमा कार्यरत एक प्रहरी जवान झुण्डिएको अवस्थामा मृत फेला छन् । महानगरीय प्रहरी वृत्त स्वयम्भूमा कार्यरत प्रहरी जवान शंकर ठगुन्ना स्वयम्भूमा डेरा लिएर बसेकी एक महिलाको कोठामा मृत फेला परेका हुन् ।

दार्चुला घर भई महानगरीय प्रहरी वृत्त स्वयम्भूमा कार्यरत २६ वर्षीय प्रहरी जवान ठगुन्ना प्रेमिकासित विवाद भएपछि उनकै कोठामा झुण्डिएर आत्महत्या गरेको प्रारम्भिक अनुसन्धानमा देखिएको प्रहरीले जानकारी दिएको छ ।

प्रहरीले हाल कोठामा सँगै बसेकी महिलालाई नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको छ।

प्रतिक्रिया दिनुहोस्
LIVE TV