अन्तिम गोली र अन्तिम सेना रहुन्जेल भारतसँग लड्छौँ : पाकिस्तान



प्रकाशित मिति : Aug 18, 2019

एजेन्सी । भारत प्रशासित कश्मीरमाथि भारतले आफ्नो हक जम्ने गरेपछि भारत-पाकिस्तानबीच चर्काै तनाब सिर्जना भएको छ । भारतसँग युद्ध गर्नसमेत तयार रहेको भन्दै प्रतिक्रिया जनाउन लागेको पाकिस्तानले शनिबार फेरी नयाँ प्रतिक्रिया जनाएको छ ।

Shah Mahmood Qureshi

पाकिस्तानले शनिवार फेरी भारतसँगल आफ्नो अन्तिम सैनिक रहुन्जेल एवं अन्तिम गोली भएसम्म लड्ने भन्ने प्रतिक्रया जनाएको हो । पाकिस्तानका विदेशमन्त्री शाह महमूद कुरैशीले भने ‘प्रोफेसनल सेना भारतसँग लड्न तयार छ, हाम्रा सबै संघहरु भारतविरुद्ध लड्न तयार छन् ।’

Major general asif

पाकिस्तानको कश्मीरमा बसेको मिटिंकै क्रममा इन्टर-सर्भिस पब्लिक रिलेशनका डायरेक्टर जनरल मेजर आसिफ गम्फरले पनि पाकिस्तान भारतसँग आफ्नो अन्ति सेना एवं अन्तिम गोली रहेसम्म लड्ने बताएका हुन् । उनले भनेका छन्, ‘भारतले कश्मीर फ्रि रहने भन्ने कुरा बिर्सियोस र आफ्नो प्रशासित कश्मीरका बारेमा सोचोस् ।’

कश्मीरका बारेमा संयुक्त राष्ट्रको सुरक्षा परिषदको बैठक ऐतिहासिक बनेको र सुरक्षा परिषदका कुनै पनि स्थायी सदस्यले यस्को विरोध नगरेको उनले बताएका छन् ।

अमेरिकाका लागि पाकिस्तानी राजदूत हुसैन हक्कानी ले ट्विट गर्दै भनेका छन्, ‘पाकिस्तानलाई चिनले समर्थन गरेको छ र गर्दै आएको थियो ।’


प्रतिक्रिया दिनुहोस्

Copyright © 2018 All rights reserved by NBC.
Designed by appharu.com