१ भाद्र २०७६, आईतवार

काठमाडाैँ । नेपाल कम्युनिष्ट पार्टीको सचिवालयको बैठक आज दिउँसो बस्दै छ ।

दिउँसो बस्ने सचिवालयकाे बैठकले जनवर्गिय संगठन, प्रवास जिम्मेवारीलाई अन्तिम टुङ्गो लगाउने छ । बैठक अपरान्ह चार बजे प्रधानमन्त्री निवास बालुवाटारमा बस्नेछ ।

file photo

यसअघि शुक्रबार बसेको सचिवालय बैठकले नेकपाभित्रका अधिकांश विभागकाे टुङ्गो लगाएको थियो । शुक्रबारको बैठकमा पूर्व प्रधानमन्त्री झलनाथ खनालले वरियताको विषय उठाएपछि नेकपाभित्रको अन्तरिक राजनीति तरंगित भएको छ ।

खनालले एमाले हुँदा आफू निवर्तमान अध्यक्षकाे हैसियतामा वरिष्ठ नेता रहेको भन्दै नेकपामा तेस्रो वरियता पाउनुपर्ने माग गर्नुभएको थियो । उहाँको सो प्रस्तावलाई दुवै अध्यक्षहरुले समर्थन गर्नुभएको बताइएको छ ।

वरियताको विषयमा समेत आज बस्ने सचिवालय बैठकमा छलफल हुने नेताहरुले बताएका छन् । हाल तेस्रो वरियतामा पूर्व प्रधानमन्त्री माधवकुमार नेपाल रहनुभएको छ ।

LIVE TV