इग्लिस प्रिमियर लिग : लिभरपुल र आर्सनल विजयी



प्रकाशित मिति : Aug 18, 2019

एजेन्सी । इग्लिस प्रिमियर लिग अन्तर्गत गए राति सात खेलहरु भए । जसमा लिभरपुर, आर्सनल, बर्निच, बर्नेमाउथ, एभर्टनले आफ्नो खेल जितेका छन् भने म्यानचेस्टर सिटी र टोटनह्याम तथा ब्रिङटन र वेस्ट ह्यामबीचको खेल बराबर भएको छ ।

लिगको दोस्रो खेलमा लिभरपुलले साउथाम्प्टोनलाई २–१ गोल अन्तरले पराजित गरेको छ । नर्विचले न्युक्यासललाई तीन एक गोल अन्तरले पराजित गरेको छ । त्यसैगरी आर्सनलले बुर्नेली तथा बर्नेमाउथले स्टनभिल्लालाई समान २–१ गोलले पराजित गरेको छ ।

एभरटर्नले वार्टफोर्डलाई एक शुन्य गोल अन्तरले पराजित गरेको छ । लिग विजेता म्यानचेस्टर सिटीले टोटनह्यामसँग दुई दुई गोलको बराबरी खेलेका छ । त्यसैगरी ब्रिङटन र वेस्टह्यामबीचको खेल एक एक गोलको बराबरी भएको छ ।


प्रतिक्रिया दिनुहोस्

Copyright © 2018 All rights reserved by NBC.
Designed by appharu.com