विद्युत् उत्पादन बढ्दै माग घट्दै, यस्तो छ तथ्य



प्रकाशित मिति : Aug 18, 2019

काठमाडौं । नौ वर्षपछि अर्थात् २०८५ सालभित्र आन्तरिक विद्युत् खपत १० हजार मेगावाट पुर्याउने सरकारको लक्ष्य छ। नेपाल विद्युत् प्राधिकरणको प्रक्षेपणकै आधारमा पनि १६ सय मेगावाट नाघ्नुपर्ने हो। तर अहिलेको विद्युत्को माग हेर्ने हो भने १३ सय मेगावाट पनि पुग्न सकेको छैन।

शनिबारको विद्युत् माग १२५७ मेगावाट मात्रै छ। अर्को वर्ष विद्युत् प्राधिकरणको केन्द्रीय ग्रिडमा झण्डै २२ सय मेगावाट बराबरको विद्युत् उपलव्ध हुन्छ। तर, विद्युत्को माग भने पछिल्लो समय निरन्तर घटिरहेको छ।

आव ०७२/ ०७३ मा १२८५ मेगावाट, आव ०७३ /०७४ मा १४४४ र आव ०७४ /०७५ मा १५०८ मेगावाट पुगेको विद्युत् माग गत आवमा भने घटेर १३२० मा झरेको छ। याे समाचार आजको कारोबार दैनिकमा छ।


प्रतिक्रिया दिनुहोस्

Copyright © 2018 All rights reserved by NBC.
Designed by appharu.com