३२ श्रावण २०७६, शनिबार

काठमाडौं । हाम्रो जस्तो देशमा ट्राफिक जाममा फसेर समयमा अफिस पुग्न नपाएको बेला उडेर अफिस जान पाएपनि हुन्थ्यो भन्ने कल्पना मनमा आउँछ । तर कल्पना साकार हुदैन । बेलायतमा भने एकजना व्यत्ति उडेर अफिस जान्छन् ।

इंगल्याण्डका प्यारामोटर ग्लाइडर टम प्राइडो ब्रुन हरेक दिन उडेरै घर अफिस आउजाउ गर्दछन् । टमले आफ्नो पिठ्यूँमा एउटा ठूलो जालिदार घेरा तथा प्यारामोटर ग्लाइडरको पेटी बाँधेका हुन्छन् । काँधको माथिबाट डोरी खिचेर पछाडि बाँधिएको मोटर चलाउँदछन् ।

मोटर चलेसँगै पिठ्यूँमा बाँधिएको ठूलो पंखा घुम्न थाल्दछ । त्यसपछि उनी मैदानमा दौडन्छन् । १० १२ पाइला दौडिसकेपछि उनले दुवै खुट्टा हावामा उठाउँदछन् । त्यसपछि उनको प्यारामोटर ग्लाइडरले काम गर्न सुरु गर्दछ र उनको शरीर हावामा उड्दछ ।

अनि उनी उडेरै अफिससम्म पुग्दछन् । अफिसबाट फर्किने बेलामा पनि उनले त्यसै गर्दछन् र उडेर घर फर्किन्छन् । घर र कार्यालय आवतजावत उडेरै गर्ने उनीमात्र एक्लो व्यक्ति होइनन् । उक्त कर्मचारीका एक दर्जनभन्दा धेरै कर्मचारीहरु प्यारामोटर प्रयोग गरी उडेर अफिसघर आउजाउ गर्दछन् ।

प्रतिक्रिया दिनुहोस्
LIVE TV