३२ श्रावण २०७६, शनिबार
  • भगतराम थारु

दाङ । जिल्लाको गढवा गाउँमा विवश चौधरी र श्रीदेवी चौधरीले सालीभाटु बोलको गीतमा तहल्का मच्चाएका छन् । चर्चित मोडल तथा नृत्य निर्देशक विवश र थारु मोडेल तथा गायीका श्रीदेवीको भर्खरै बजारमा आएको सालीभाटु बोलको गीतमा नृत्य गरेर उनिहरुले तहल्का मच्चाएका हुन् । विवश र श्रीदेवीको युगल जोडीले गढवा सांस्कृतिक कार्यक्रमको माहोल नै तातेको थियो ।

दर्शकको वाहवाहीले गर्दा युगलजोडी मानिने विवश र श्रीदेवीको प्रस्तुतीले वान्समोर वान्समोरले झनै महोल तताएको आयोजकले जनाएको छ । दर्शकले यति धेरै मन पराएर उनिहरुको नृत्य र गित प्रस्तुतीले सांस्कृतिक कार्यक्रम अवधिभर मनोरञ्जन दिएका थिए ।

‘उनिहरुको जोडीले दाङको गढवामा पनि तहल्का मच्चाउन सफल भएको छ’- स्थानीय राजेन्द्र चौधरीले भन्नुभयो । विवश र श्रीदेवीको कला देखेर मन हुरुक्क भयैँ राजेन्द्रले भन्नुभयो ।

उनिहरुमा बास्तविक कला रहेको छ उहाँले भन्नुभयो । एक पछि एक गितमा नृत्य गरेका नृत्य निर्देशक तथा मोडल विवश र श्रीदेवीले चवन्नी मुस्कि मारके बोलको गितमा नृत्य गर्दा दर्शकहरुले झनै हुटिङ गरेर साथ दिएका थिए । थारु, नेपाली, हिन्दी र भोजपुरी गितमा मोडल विवशले नृत्य प्रस्तुत गरेका थिए । मोडल तथा नृत्य निर्देशक विवश थारु नेपाली गित गरि १ सय बढि म्युजिक भिडियोमा मुख्य भुमिकाको रुपमा खेलिसकेका छन् ।

साउन २२ गतेदेखि संचालन रहेको गढवा सांस्कृतिक मीनी रमाईलो मेला २०७६ भाद्र ७ गतेसम्म संचालन हुने आयोजकले जनाएको छ । कला संस्कृति र मनोरञ्जनको संघम भन्ने मुल नाराका साथ सुरु भएको सांस्कृतिक कार्यक्रमको आयोजना गढवा युवा क्लवले गरेको छ ।

विभिन्न भाषा भाषीका राष्ट्रिय तथा स्थानीय कलाकारहरुको बेजोड प्रस्तुती रहने भएको हुनाले सांस्कृतिक कार्यक्रममा प्रवेश शुल्क तोकिएको आयोजक टिमका उपाध्यक्ष सुनिल कुमार चौधरीले जानकारी दिनुभयो । अहिलेसम्म कार्यक्रममा चर्चित थारु गायक विश्व सागर परियार, विवश चौधरी, श्रीदेवी चौधरी, पुजा चौधरी, समिक्षा चौधरी, राजेन्द्र चौधरी, राज कुश्मी, अन्जु कुश्मी लगायत स्थानीय कलाकारहरुले प्रस्तुती प्रर्दशन गरिसकेका छन् ।

रमाईलो मेलामा पीङ, डुगा झुला, बच्चाहरुको खेल्ने विभिन्न किसिमका खेलहरु मेला परिसरमा रहेको स्थानिय संजिव चौधरीले भन्नुभयो । साउन ३२ गते राती थारु हास्य कलाकार सत्य नारायण (फेटारा)को प्रस्तुती रहने स्थानिय संजिवले जानकारी दिनुभयो ।

मेलामा प्रवेश शुल्क ५० रुपैया रहेको आयोजकले जनाएको छ । प्रवेश शुल्क रहेपनि स्थानियले माया मानेर शान्तपुर्वक अहिलेसम्म मनोरञ्जन लिएको क्लवका उपाध्यक्ष सुनिलले भन्नुभयो ।

प्रतिक्रिया दिनुहोस्
LIVE TV