कालो र सेतो रंगका हिमाली श्रृंखला जस्तै देखिने रमणीय चुलीहरु अब पर्यटकको नजरमा पुग्ने ! (भिडियो)



प्रकाशित मिति : Aug 17, 2019

१. कालो र सेतो रंगका हिमाली श्रृंखला जस्तै देखिने रमणीय चुलीहरु अब पर्यटकको नजरमा पुग्ने

नेपालको गाउँघरमा धेरै यस्तो ठाउँहरु छन् जो आवश्यक प्रचार प्रसारको अभावमा ‘माल पाएर पनि चाल’ नपाएको अवस्थामा छन् । यस्तै ठाउँ मध्येको एक हो झापासंग सीमा जोडिएको इलामको रोङ गाउँपालिकाको बाहुनीखर्क । यहाँ रहेको अनौठो स-साना पहाडहरु मनमोहक र लोभलाग्दो छन् ।

जस्लाई स्थानीयवासीले ‘मिनी माउन्टेन’को संज्ञा समेत दिएका छन् । कालीखोलाको उद्गमस्थल रहेको बाहुनीखर्कमा रहेको कालो र सेतो रंगका हिमाली श्रृंखला जस्तै देखिने रमणीय चुलीहरुले जो सुकैको पनि मन लोभ्याउन सक्छ । चित्ताकर्षक यी चुलीहरुमा भने अझै पनि उल्लेख्यरुपमा पर्यटकहरुको नजर पुग्न सकेको छैन ।

चुरे पहाडको काखमा रहेको खार भित्तामा सयौं चुचुरोहरु देख्न सकिन्छ । झण्डै एक सय बर्ष अघि झरेको पहिरोले बनाएको यी चुचुरोहरु अहिले स्थानीयवासीका लागि मात्र रमिता बनेको छ । आवश्यक प्रचार प्रसार गरी पर्यटक पु¥याउने हो भने यही चुचुरो गाउँवासीका लागि आय आर्जनको राम्रो माध्यम बन्ने निश्चित देखिन्छ भने एउटा आश्चर्यलाग्दो प्राकृतिक दृश्य हेरेर आन्तरिक तथा वाह्य पर्यटकले पनि भरपुर आनन्द लिन सक्ने देखिन्छ ।

२. गाउँघरमा होमस्टे सञ्चालन हुन थालेपछि स्थानीय पर्यटनको प्रवद्र्धनमा पनि महत्वपूर्ण टेवा पुग्दै

उता भोजपुरको टेम्केमैयुम गाउँपालिकाको छिनामखुमा भने पर्यटकको आकर्षण दिनानुदिन बढ्दो छ । सुन्दर मनोरम दृश्यको अवलोकनका लागि मात्र नभइ छिनामखुमा रहेको गोठेशीं होमस्टेमा बनाइएको परिकारको स्वाद लिन पनि पर्यटकको भीड बढ्दो छ ।

भोजपुरमा पहिलो प्रयास स्वरुप स्थापित होमस्टेमा बढ्दो आकर्षणले स्थानीय पर्यटनलाई पनि टेवा पु¥याउन थालेको छ । आफैमा रमणीय टेम्केमैयुङ गाउँपालिकामा होमस्टेको सञ्चालन पर्यटकका लागि आवश्यक आधार बनेपछि टेम्केमैयुङ गाउँपालिकाले पनि पर्यटकका लागि थप सहज पूर्वाधारहरु बनाउने अभियान अघि बढाएको छ ।

गाउँघरमा मौलाएको होमस्टे संस्कृतिले स्थानीय पर्यटनको प्रवद्र्धनमा उल्लेख्य योगदान पु-याउन थालेपछि नेपालमा पछिल्लो समय होमस्टे संस्कृति मौलाउँदो छ । जस्ले स्थानीय उत्पादनको खपत मात्र बढाएको छैन किसानहरुलाई कृषिकर्म तर्फ ढुक्क बन्ने वातावरण पनि बनाएको छ ।


प्रतिक्रिया दिनुहोस्

Copyright © 2018 All rights reserved by NBC.
Designed by appharu.com