३२ श्रावण २०७६, शनिबार

चितवन । नेपाली कांग्रेसका नेता तथा छाया सरकारका गृहमन्त्री दिलेन्द्रप्रसाद बडूले हिरासतमा रहेका पत्रकार रवि लामिछानेसँग भेट गरेका छन् ।

नेता बढुले चितवन पुगेर लामिछानेका साथै प्रहरी प्रमुख र प्रमुख जिल्ला अधिकारीसँग समेत भेट गरेर घटनाबारे सत्य, तथ्य र निष्पक्ष छानविन गर्न आग्रह गरेका छन् । शनिबार भेटकालागि चितवन पुगेका छाया सरकारका गृहमन्त्री बडूले बिनापूर्वाग्रह छानविन गर्न सम्पूर्णमा अनुरोध गरेका हुन् ।

साउन २० गते चितवनको भरतपुरस्थित कंगारु होटेलमा मृत भेटिएका पत्रकार सालिगराम पुडासैनीको मोवाएलमा भेटिएको भिडियोमा लामिछाने सहित ३ जनाको नाम लिएको भेटिएपछि प्रहरीले बिहीबार साँझ कार्यकक्षबाटै पक्राउ गरी चितवन लगेको थियो ।

पक्राउ परेका लामिछानेसहित पत्रकार युवराज कँडेल र नर्स अस्मिता कार्कीलाई पाँच दिन थुनामा राख्न जिल्ला अदालत चितवनले शुक्रबार आदेश दिएको थियो। लामिछानेलाइ फसाउन खोजीएको भन्दै अहिले उनका समर्थकहरुले चितवनमा प्रहरी विरुद्ध प्रदर्शन गरिरहेका छन् ।

प्रतिक्रिया दिनुहोस्
LIVE TV