३२ श्रावण २०७६, शनिबार
  • ज्योति कुमार पन्थी,

गुलरिया, ३२ साउन । बर्दिया जिललामा रहेको डिभिजन वन कार्यालयले दिने छुट पूर्जी भन्दा सब डिभिजन वन कार्यालयले बढी मात्रामा काठहरु आर्थिक चलखेलमा पठाउने गरेको पाइएको छ । बर्दिया जिल्लाको सदरमुकाम गुलरियाबाट बाकेको नेपालगञ्ज तर्फ लैजादै गरेको चिरान काठ ईलाका प्रहरी कार्यालय मैनापोखरले पक्राउँ गरेपछि यो रहस्य बाहिर अएको हो ।

विहीबार साँझ ना २ ख ८८९४ नंम्बरको ट्रकमा राखेर गुलरियाबाट नेपालगञ्ज तर्फ लैजादै गरेको भिन्नि जामून, सागुन सिसौ, आँप, लगायतका काठहरु छुट पूर्जी भन्दा बढी परिमाणमा भएको भनि नियन्त्रणमा लिएपछि छुट पूर्जी र परिमाण नमिलेको प्रमाणित भएको जिल्ला प्रहरी कार्यालय बर्दियाका प्रहरी उपरिक्षक राजेश बास्तोलाले जानकारी दिए ।

उनले भने– ‘कागज अनुसार काठको परिमाण मिल्छ या मिल्दैन त्यो अनुसँन्धान गर्नका लागि नियन्त्रणमा लिइएको हो । १ सय १४ क्युफिट सिसौ जातको काठको छुटपूर्जी भएको भए पनि ट्रकबाट ३ सय ६ क्युफिट काठ बरामद भएको छ, त्यसैगरी जामुन ३५ क्युफिट हुनु पर्नेमा १७ क्युफिट र सिरिस ९ क्युफीटको पत्र भए पनि ८ क्युफिटमात्र भएको बताउँदै १४ सय केजी हुनुपर्ने स्टिफ ५१ सय केजी फेला परेको छ । त्यस्तै काठको परिमाण चेक जाँच गर्दा केहि पनि नमिलेको उनले बताए ।

डिभिजन वन कार्यालयले दिएको छुट पूर्जीमा बबई सव डिभिजन वन कार्यालय मगरागढीले नाप जाँच गरि सिल लगाई दरपिठ गर्ने लगाउँने ब्यवस्था कानूनमा छ तर, पनि सव डिभिजनका कर्मचारीहरुले आर्थिक रकममा चलखेल गरि डिभिजन वन कार्यालयको पत्रलाई समेत लत्याएर बढी परिमाणमा काठहरु पठाउँने गरेको रहस्य यस पटक बाहिर आएको हो ।

LIVE TV