३१ श्रावण २०७६, शुक्रबार

काठमाडौं । प्रदेश नम्बर १ मा पहिलो पटक २१ सदस्यीय प्रदेशस्तरीय नेपाल आदिवासी जनजाति पत्रकार महासङ्घ (फोनिज) को औपचारिक गठन भएको छ ।

उदयपुर जिल्लाको गाईघाटस्थित राजाबासमा विहीबार भएको फोनिजको पहिलो खुला सत्रको प्रदेशस्तरीय भेलापछि शुक्रबार भएको बन्दसत्रको पहिलो अधिवेशनबाट २१ प्रदेशस्तरीय नयाँ समिति गठन भएको फोनिजका केन्द्रीय अध्यक्ष डण्ड गुरुङले बताउनुभयो ।

फोनिजको नयाँ अध्यक्षमा अर्जुन जम्नेली राई र उपाध्यक्षहरूमा फिफाराज बेगा र भूमिका सुब्बा तथा महासचिवमा विदुर खवास चयन भएका छन् । यस्तै सचिवहरुमा अप्सरा समाल मगर र सन्देश सुब्बा तथा कोषाध्यक्षमा सन्देश राई चयन भएका छन् ।

फोनिज प्रदेशका सदस्यहरुमा वीरबहादुर पापे, राजन साम्पाङ राई, प्रेम देवान, टङ्कलाल राई, भाष्कर चौधरी र महेन्द्र देवान चयन भएको प्रदेश फोनिजले बताएको छ । महिला सदस्यहरूमा साहारा लिम्बू, मानवी तामाङ, विनादेवी तामाङ र अल्पसङ्ख्यकबाट विजय धिमाल नव चयन भएको फोनिजले बताएको छ ।

संस्थागत सदस्यहरुमा नवीन गुरुङ, प्रदीपकुमार चौधरी, चन्द्रकुमार राई, अतित योङहाङ चयन भएका छन् भने लेखा समितिको संयोजकमा किसनकुमार चौधरी र सदस्यमा जयराम गुर्बाछान मगर रहेको प्रदेश नम्बर १ का फोनिज इन्चार्ज दीपिन राईले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्
LIVE TV