३१ श्रावण २०७६, शुक्रबार
  • मनोरञ्जन शर्मा

भैरहवा । नेवा: खल सिद्धार्थनगरले यस बर्ष पनि सामुहिक रुपमा गाईजात्रा पर्ब मनाएको छ । नेवार समुदायका परीवारका कुनै सदस्यको मृत्यु भएमा गाईजात्रा पर्ब मनाउने गरीन्छ ।

मृतकको परिवारबाट मृतकको सम्मान र सम्झना गर्दै बालबालिकालाई भगवान को रुप दिई भजन किर्तन सहीत निगुर्ण, बास्सा, गाईजात्रा, तामचा निकाल्ने प्रचलन रहेको छ । यसै प्रचलनलाई निरन्तरता दिदै सिद्धार्थनगर(भैरहवा)मा बसोबास गर्ने नेवार समुदायहरुको सस्था नेवा: खलले यो परम्परालाई निरन्तरता दिदै आएको खलका अध्यक्ष राम बहादुर श्रेष्ठले बताए ।

अघिल्लो बर्षको जनैपुर्णिमा देखि एक बर्ष सम्म नेवार समुदायका घरमा कुनै सदस्यको मृत्यु भएमा त्यो घर बाट यो पर्बमा गाईजात्रा मनाउने गरीन्छ । त्यस्तै अबसरमा नेवा खल : सिद्धार्थनगरले सामुहिक रुपमा गाईजात्रा पर्ब (सपारु) निकालेको हो ।

सो अबसरमा नेवा खलको कार्यालय पिपरीहया गल्लामण्डीबाट भजन किर्तन सहीत बालबालिकालाई भगवानको रुपमा सिंगारेर ताहामचा सहीत को सापारु गाईजात्राले सिद्धार्थनगर (भैरहवा) बजारको बिभिन्न स्थानमा परीक्रमा गराईएको थियो । नेवाः खलले लामो समय देखि सामुहिक रुपमा यो पर्ब मनाउदै आएको खलका पुर्ब अध्यक्ष बिजय गोबिन्द श्रेष्ठले बताए । यो नेपालीहरुको मौलीक पर्ब हो, उनले भने । देशको सबै क्षेत्रमा मनाईने पर्ब भएको छ यो, श्रेष्ठले उल्लेख गरे ।

भैरहवामा नेपालका बिभिन्न स्थानबाट आई बसोबास गर्दै आएका करीब ४ सय घरधुरीका ३ हजार बढी नेवार समुदायको बसोबास रहेको सस्थाका पुर्ब अध्यक्ष राजु नारायण श्रेष्ठले बताए । तराईका जिल्लामा रहेका नेवार समुदायले आप्mनो सस्कृती परम्परा र धार्मिक पर्बलाई जिबन्त राखीरहेको र हरेक बर्ष यो सपारु गाईजात्रा सामुहिक रुपमा मनाउदै आएको छ । यो सस्थाले सस्कृतीलाई जिबन्त राख्न भैरहवामा घन्टाकर्ण गठामुग(गाठेमग्गल पर्ब)को पनि बर्ष सुरुवात गरेको थियो । हरेक बर्ष भाद्रकृष्ण प्रतिपदाका दिन गाईजात्रा मनाउने गरिन्छ ।

सिद्धार्थनगरमा नेवाः खल भैरहवाले वि सं २०६० देखि सामुहिक रुपमा खलबाट गाईजात्रा निकाल्ने व्यवस्था मिलाउदै आएको सस्थाका निबर्तमान अध्यक्ष सुबर्ण मुनि शाक्यले बताए । नेवाः खल सिद्धार्थनगरको स्थापना २०३२ सालमा भएको हो । यस पटकको गाईजात्रामा खलमा आबद्ध सदस्यघरहरु मध्ये मृतक भएका ६ जनाको संझनामा गाईजात्रा निकालिएको कार्यक्रम संयोजक बिन्देश्वरी श्रेष्ठले बताईन्।

पर्बको शुभारम्भ गर्दै अग्रज तथा खलका सल्लाहका धर्मराज श्रेष्ठले धर्म रिती रिवाज परम्परा कहि ग्उ पनि बिर्सन नहुने बताउदै नेवा खलले सामुहिक रुपमा आयोजना गर्दे आएका बिभिन्न कार्यक्रमहरुको आफैमा महत्व रहेको बताए ।

प्रतिक्रिया दिनुहोस्
LIVE TV