३१ श्रावण २०७६, शुक्रबार
  • भगतराम थारु

नेपालगन्ज । बर्दिया गाउँपालिका १० सिमरहवाका मोडल विमल चौधरीले कलाकारिता क्षेत्रमै जमेर काम गर्नै र यसैमा आफ्नो करियर बनाउने सोच रहेको बताउनु भएको छ । समय परिवर्तन सिल भएको हुनाले आफ्नो शरिरलाई पनि त्यहि अनुसारको तन्दुरुस्त बनाउन जिमखाना धाउने गरेको छु कलाकार विमलले भन्नुभयो ।

कलाकारिता पेशा सानै उमेरदेखि नै मन पर्ने भएको हुनाले यसलाई निरन्तरता दिने उहाँले बताउनुभयो । मोडल विमल चौधरी पछिल्लो समयमा चर्चाका शिखरमा रहेका छन् । एक पछि अर्को गितमा लगातार आउँदै गरेका विमलको गित पनि उत्तिकै चर्चित चर्चित हुँदै गएको कलाकार राजकुमार चौधरीले भन्नुभयो ।

मोडल विमलको शरिर, मुस्कान र डान्स राम्रो भएकै कारण एकपछि अर्को भिडियो चर्चित चर्चित हुँदै गएको उहाँको भनाई छ । छोटो समयमै विमलले कलाकारिता क्षेत्रमा जम्न सफल भएका छन् सरोजले भन्नुभयो ।

कलाकार विमल र सर्मिलाको जोडीलाई दर्शकले मन पराईसकेका छन् कलाकार सरोज डगौराले भन्नुभयो । ओ माई डियर बोलको थारु म्युजिक भिडियो सार्वजनिक भएको छ । गोचाली मिडिया बर्दिया ककौराको युट्युव च्यानलबाट ओ माई डियर बोलको थारु म्युजिक भिडियो शुक्रवार सार्वजनिक भएको हो ।

मोडल बिमल चौधरी र मोडेल सर्मिला कुश्मीको मुख्य भुमिका रहेको ओ माई डियर बोलको गित बर्दियाको गुलरिया नगरपालिकामा रहेको कृष्णसार रिसोर्ट, कुमार अड्डा, स्मृति पार्क बारबर्दिया लगायत बर्दियाकै रमणिय दृष्यमा छायाङकन भएको छ ।

गीतमा जनक चौधरी र दुर्गा चौधरीले स्वर दिनुभएको छ भने राज कुश्मीले ¥याप दिनुभएको कलाकार विमल चौधरीले भन्नुभयो । क्यामरा तथा मिक्सिङमा सरोज डगौराले गर्नुभएको गितमा कोरर्समा अनुराज, अर्जुन, संजिवनी, मनिसा, सँिन्दप, तिर्थ, कृष्ण र इश्वर चौधरीले गर्नुभएको छ ।

विमलले अहिलेसम्म लगादेबु लेहगामा एसी, तोहार पतली कमरिया, ओ माई डियर र भोजपुरी गित मारेलु बोडीमे सेन्ट बोलको गितमा मुख्य भुमिकामा देखिनुभएको छ । बारबर्दियाका १० सिमरहवाका विमलले हालसम्म ४ वटा र सर्मिला कुश्मीले ४ वटा म्युजिक भिडियो खेलिसकेका छन् ।

प्रतिक्रिया दिनुहोस्
LIVE TV