३१ श्रावण २०७६, शुक्रबार
  • सुमन कार्की

पाल्पा । जात्राको जिल्ला मध्ये काठमाण्डौ उपत्यका पछि दोस्रो जिल्ला भनेर पाल्पालाई चिनिने गरिन्छ । पाल्पामा जात्रा सुरु भएसँगै तानसेन बजार जात्रामय बनेको छ । विगतका वर्षहरुमा जस्तै यस वर्षपनि विभिन्न जात्राहरु निकालिएकाे छ । जात्रा सुरु भएसँगै तानसेनको चहलपहल बढेको छ भने घण्टाकर्णसँगै जात्रा सुरु भएको छ ।

जात्राकै क्रममा आज गाईजात्रा निकालिएकाे छ । एक वर्षभित्र दिवंगत भएका आफन्तको सम्झनामा गाईजात्रा निकाल्ने प्रचलन रहिआएको छ । गाईजात्राको अवसरमा मानिसलाई श्रीकृष्ण, राधा तथा अन्य भगवानको स्वरुप बनाइन्छ । यस्तै मृतक व्यक्तिका आफन्तको घरबाट गाईजस्तै मानिसलाई सिँगारेर निकाल्ने प्रचलन रहँदैआएको छ ।

गाइजात्रासंगै विभिन्न व्यङ्गात्मक प्रर्दशन समेत गरिएको छ । तानसेन नगरपालिका सहित ,रामपुर,हार्थोक, रिडी, ताहुँ, सिलुवा, विरकोट लगायतका ग्रामिण बजारमा पनि गाईजात्रा निकालिएको हो ।

काठमाडौबाट नेवारी समुदाय पाल्पामा बसाई सराई आएकाले काठमाडौमा मनाईने सबैजसो नेवारी सास्कृति जात्रा पाल्पामा मनाईने गरिन्छ ।

तानसेनमा नौ दिन भन्दा बढी सम्म जात्राको रौनक हुने गर्दछ । गाठेमंगल, चुइकी फिराई, गाइजात्रा, रोपाइजात्रा, गणेशजात्रा, बाघजात्रा, गणेशजात्रा, अमरनारायण जात्रा र श्रीकृष्ण नवमीमा मनाइने सबैभन्दा ठूलो जात्रा भगवती रथ यात्रा पछि सकिने गर्दछ ।

प्रतिक्रिया दिनुहोस्
LIVE TV