३१ श्रावण २०७६, शुक्रबार
  • विकास घिमिरे

धनकुटा ३० साउन । भनिन्छ मानिसलाई धनसम्पत्ती जती भएपनि पुग्दैन र पैसाको लालसले हत्तपत्त छाड्दैन तर धनकुटामा एक जना मनकारीले लाखौं पर्ने जमिन विद्यालयलाई दान गरेका छन् ।

धनकुटा नगरपालिका ४ निवासी लोकेन्द्र कुमार श्रेष्ठले झण्डै ८२ लाख रुपैयाँ बरावरको १ रोपनी १० आना जग्गा धनकुटाको छथर जोरपाटी गाउँपालिका–६ सिँधुवामा रहेको सरस्वती माध्यमिक विद्यालयलाई दान गरेका छन् । उनले जिल्ला मालपोत कार्यालय धनकुटामा विहीबार विद्यालयको नाममा रजिष्टेशन पास गरिदिएका हुन् ।

श्रेष्ठले पत्रकार सम्मेलन गर्दै विद्यालयका प्रधानाध्यापक किरणकुमार राईलाई जग्गा धनीपुर्जा हस्तान्तरण गरे । नमुना विद्यालय निर्माणको रुपमा छनोट भए पनि आफ्नै जग्गा नहुदाँ विद्यालयको भौतिक संरचना निर्माणको डिपिआर वन्न सकेको थिएन अब यसको लागि बाटो खुल्ला भएको छ ।

प्रतिक्रिया दिनुहोस्
LIVE TV