३० श्रावण २०७६, बिहीबार

बेनी । विपलप समूहका कार्यकर्ताले म्याग्दीका एक वडाध्यक्षलाई कार्यकक्षमै कालो मोसो दलेर चप्पलको माला लगाएका छन् ।

बिहीबार म्याग्दीको बेनी नगरपालिका–२ का वडाध्यक्ष हिराबहादुर थापालाई विपलप समूहका ४ जना अपरिचित पुरुषको समूहले कालो मोसो दलेर चप्पलको माला लगाएको बताइएको छ ।

चन्द ‘विप्लप’ नेतृत्वको नेकपा म्याग्दीका अनुसार वडाध्यक्ष्ले भ्रष्टाचार, राजस्व संकलनमा विभेद, बजेट वितरणमा मनोमानीलगायतका पदको दुरुपयोग हुने किसिमका गतिविधि गरेको कारण उनलाई कालो मोसो दलेर चप्पलको माला लगाएको बताइएको छ ।

विपलप समूहले वडाअध्यक्षलाई व्यवहार सुधार गर्न दिएको अनुरोध र चेतावनीको बेवास्ता गरेकाले उनीमाथि कारबाही गरेको जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस्
LIVE TV