३० श्रावण २०७६, बिहीबार

काठमाडौं । मानव अधिकार तथा शान्ति समाजद्वारा प्रत्येक महिनाको अन्तिम विहीवार आयोजना गरिने शान्ति काव्य प्रवाहको ८२ औँ श्रृंखला काठमाडौंमा सम्पन्न भएको छ । आज काठमाडौंमा काव्य प्रवाहमा वरिष्ठ साहित्यकार मदनमणी दीक्षितको निधनप्रति शोक व्यक्त गरिएको थियो ।

२९ जना कविहरुले रचना प्रस्तुत गरेका काव्य प्रवाहको सभापतित्व समाजका सभापति उत्तम पुडासैनी र सञ्चालन कोषाध्यक्ष रामकृष्ण बरालले गरेका थिए । नेताहरुले सरकारी जग्गा हडपेको, बाढी र डुवान पीडितहरुको राहतका लागि उल्लेख्य काम गर्न नसकेको, विकृति विसंगती बढ्दै गएकोप्रति व्यङ्गय गर्दै कविहरुले कविता, गजल, मुक्तक वाचन गरेका थिए ।

शान्ति काव्य प्रवाहमा कविहरु रामबहादुर पहाडी, मदनराज थापा, रत्ननीधि रेग्मी शुक्राचार्य, डा.जीवन अधिकारी, मदन कार्की, जयन्ता पोख्रेल, मेनुका पोखरेल आचार्य, ऋचा, मञ्जुश्री प्रधान, शर्मिला कार्की, पुनम घिमिरे, मुकुन्द पौडेल, त्रिभुवनचन्द्र वाग्ले, उर्मिला पन्त पाण्डेय, रुद्र अधिकारी, प्रकाशमणी दाहाल, राजेन्द्रप्रसाद ढुंगाना, जसध्वज गुरुङ, भुवन शिवाकोटी, जनार्दन अधिकारी, रविन्द्र आशिष शैली, निर्मल पराजुली, मुकुन्द न्यौपाने, ओमप्रसाद कोइराला, रविन्द्र ढुङ्गेल, गणेश प्रसाद खतिवडा, प्रकाश बस्नेत गफाडी, नमराज घिमिरे, कृष्ण पहाडीको सहभागिता रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्
LIVE TV