३० श्रावण २०७६, बिहीबार

काठमाडौं । बलिउड अभिनेता अक्षय कुमारको फिल्म ‘मिसन मंगल’ सम्पूर्ण दर्शकमाझ आज (विहीबार) बाट रिलिज भइसकेको छ । सुपर सिनेमाका अनुसार ‘मिशन मंगल’ले बक्स अफिसमा ‘ओपनिङ डे’का दिन २१ देखि २३ करोडसम्म कलेक्शन गर्नसक्नेछ । अभिनेता अक्षय कुमारको यो पहिलो मौका भने होइन, पछिल्लो समय भारतमा १५ अगष्टका दिन मनाइने स्वतन्त्र दिवसको अवसरमा अक्षयको फिल्महरु रिलिज हुँदै आएका छन्, जुन फिल्महरुले बक्स अफिसमा कमाल गरेको थियो ।

गोल्ड–२०१८
अक्षय कुमारको ‘गोल्ड’ फिल्म बक्स अफिसमा सुपरहिट नै भएको थियो । यो फिल्मले ‘ओपनिङ–डे’का दिन २५ करोड भन्दा बढीको ब्यापार गरेको थियो । तर, ओपनिङ डेमा राम्रो कमाई गरेपनि यो फिल्मले कुल १०५ करोडको मात्र ब्यापार गरेको थियो । अक्षयको फिल्मको हिसाबले यो ठीक–ठकै ब्यापार गरेको हो ।

केही फिल्म विशेषज्ञाहरुका अनुसार जोन अब्राहमको फिल्म ‘सत्यमेव जयेते’सँग क्ल्याश भएको कारण अक्षयको फिल्मको ब्यापारमा कमी आएको थियो । सत्यमेज जयेतेले पनि बक्स अफिसमा राम्रो ब्यापार गरेको थियो ।

टोइलेटः एक प्रेम कथा–२०१७
श्री नारायण सिंहले निर्देशन गरेको यो फिल्म अभिनेता अक्षय कुमारको लागि करियरकै सबै भन्दा दोस्रो ठूलो फिल्मको रुपमा चिनिन्छ । यो फिल्म मोदी सरकारको स्वच्छ भारत अभियानबाट प्रेरित थियो । यो फिल्मले बक्स अफिसमा १३४ करोड भन्दा बढीको ब्यापार गरेको थियो ।

रुस्तम–२०१६
अक्षय कुमारको यो फिल्मे क्रिटिक्सबाट ठीक–ठीकै प्रतिक्रिया पाएको थियो । अक्षयको रुस्तम अर्का अभिनेता ऋतिक रोशनको फिल्म महेन्जोदारोसँग बक्स अफिसमा भिडन्त गरेको थियो । जसको बाबजुद पनि रुस्तमले १२५ करोड भन्दा बढीको ब्यापार गरेको थियो । यो फिल्मबाट अक्षय कुमारले नेशनल अवार्ड पनि पाएका थिए ।

ब्रदर्स–२०१५
अक्षयको ब्रदर्स २०११ मा रिलिजमा आएको फिल्म वारियर्सका् अफिसियल रिमेक थियो । धर्मा प्रोडक्शनको ब्यानरमा बनेको यो फिल्मले ८० करोड भन्दा बढीको ब्यापार गरेको थियो । क्रिटिक्स र दर्शकहरुको राम्रो अपेक्षा गरिएको यो फिल्म ठूलो बजेटको फिल्म थियो ।

वान्स अपन अ टाइम इन मुम्बई –२०१३
अक्षयको यो फिल्म पनि स्वतन्त्र दिवसकै अवसरमा दर्शकमाझ रिलिजमा आएको थियो । यो फिल्मले राम्रो ब्यापार गरेको थियो । यो फिल्मको लाइफटाइम कमाई ६० करोडको हाराहारीमा भएको थियो ।

प्रतिक्रिया दिनुहोस्
LIVE TV