३० श्रावण २०७६, बिहीबार

काठमाडाैँ, ३० साउन । वरिष्ठ साहित्य साधक मदनमणि दीक्षितकाे निधनप्रति नेपाली कांग्रेशले शाेक व्यक्त गरेकाे छ ।

‘दर्शनशास्त्रका प्रकाण्ड विद्धान, वरिष्ठ साहित्यकार, कर्मयोगी एवं बहुप्रतिभाका धनी मदनमणि दीक्षितको ९७ वर्षको उमेरमा हुन गएको असामयिक निधनले मलाई र हाम्रो पार्टी नेपाली कांग्रेसलाई मर्माहत र स्तव्ध बनाएको छ,’ कांग्रेस सभापति शेरबहादुर देउवाद्वारा जारी विज्ञप्तीमा भनिएकाे छ, ‘स्वर्गीय दीक्षितको निधनबाट मुलुकलाई अपुरणीय क्षति पुग्न गएको छ । स्वर्गीय दीक्षितप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दछु ।’

साथै दुःखको यस घडीमा दिवंगत आत्माको चीर शान्तिको कामना र शोक सन्तप्त परिवार तथा आफन्तजनहरुमा समवेदना समेत प्रकट गरिएकाे छ ।

प्रतिक्रिया दिनुहोस्
LIVE TV